काठमाडौं – कोरोना भाइरसका कारण दुई पटक स्थगित गरिएको नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा साउन २६ र २७ गर्ने निर्णय गरिएको छ । महासंघको सोमबार बसेको कार्य समितिको बैठकले उक्तm मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
पदाधिकारीहरुले साउन २५ र २६ गते साधारण सभा गर्ने प्रस्ताव गरेका थिए । त्यस उपर छलफल गरेर २६ र २७ गते गर्ने निर्णय गरिएको हो ।
महासंघले गत चैत २८ र २९ गते नै साधारण सभा गर्ने भनिएको थियो । तर, कोरोना भाइरसले उब्जाएको परिस्थीतीका कारण त्यो साधारण सभा जेठ ७ र ८ गते सारियो । तर, त्यो मितिमा पनि हुन सकेन । त्यसपछि अहिले नयाँ मिति तय गरिएको हो ।
विधानमा रहेको प्रावधानअनुसार उक्त साधारण सभाबाट महासंघकाच बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हनेछन् । बरिष्ठमा उपाध्यक्षका लागि भन उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया