दुई कम्पनीले रु. ३७ करोडको आईपीओ ल्याउदैं, बोर्डबाट पाए अनुमति

५ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स र साधाना लघुवित्त वित्तिय संस्थालाई आईपीओ निष्काशन गर्न अनुपत दिएको छ । बोर्डले उनीहरुलाई आइतबार नै स्वीकृति दिएको हो । 
अजोडले बोर्डबा ३० लाल कित्ता अर्थात् ३० करोड रुपैयाँको आईपीओ जारी गर्न अनुमति पाएको हो । उक्त कम्पनीको कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
त्यस्तै,  साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता अर्थात् ७ करोड बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । उक्त कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
यी दुई कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएसँगै अब पुँजी बजारमा ३७ करोड रुपैयाँको आईपीओ देखिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया