काठमाडौं – संघीय संसद्को अर्थ समितिले बिगत ३ महिनादेखि बन्द रहेको शेयर बजार खुल्ला गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । सोमबार बार्डको कार्यलयमा नै पुगेर समितिका सभापति कृष्णा प्रसाद दाहालले बजार खुन्न निर्देशन दिएका हुन् । बोर्डमा पूँजीबजार अध्ययन उपसमितिका संयोजक तथा अर्थ समितिकी सदस्य राम कुमारी झाँक्री सहितका अन्य प्रतिनिधि पनि सहभागी दिए ।
उक्त टोलीलाई बोर्डका उप–कार्यकारी निर्देशक डा नबराज अधिकारीले शेयर बजारको अवस्था, बजार बन्द गर्नुको कारण लगायतका बिषयमा जानकारी दिएका थिए ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानले भने दोस्रो बजार सञ्चालनमा रहेका समस्याको चर्चा गर्दै केही समयमा नै समाधान हुने बताए ।
प्रतिक्रिया