थपिए ५३५ नयाँ संक्रमित , कुल संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

६ बर्ष अगाडि

नेपालमा आज ५३५ जना कोरोना संक्रमित थपिएका छन् ।

उनीहरु मध्ये ४६१ जना पुरुष र ७४ जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

विगत २४ घण्टामा ३७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २१४२ रहेको छ ।

अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका छन्।

सोमवारसम्मको तथ्याङ्कमा प्रदेश नं २ मा ३,१५९ सङ्क्रमण र प्रदेश नं ५ मा २,६८२ जना सङ्क्रमण पुष्टि भएको छ।

सबैभन्दा कम वागमती प्रदेशमा ३०९ र गण्डकी प्रदेशमा ५९५ सङ्क्रमण भेटिएको छ।

त्यस्ते प्रदेश नं १ मा ४७०, सुदूरपश्मिमा १,०६७ र कर्णालीमा १,२७९ सङ्क्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी सङ्क्रमण भएको जिल्ला रौतहट रहेको छ जहाँ १,१४६ सङ्क्रमित रहेका छन् भने दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ६१४, महोत्तरीमा ५२७, बाँकेमा ३४४ र सुर्खेतमा ३०० सङ्क्रमित रहेका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया