काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो ।
दुवै लघुवित्तको पुस २९ सम्पन्न छुट्टा छुट्टै साधारण सभामा एक आपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । कम्पनीको रजिष्टर्ड कार्यालय भने सिद्धार्थनगर १२, रुपन्देहीमा रहने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको फागुन १८ गतेको पत्र र कम्पनी रजिष्ट्रारको कार्यलयको जेठ १९ को पत्रबाट मर्जर हुने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व मर्ज भएपछि उन्नति सहकार्य लघुवित्तको नाममा हुनेछ ।
प्रतिक्रिया