काठमाडौं – करिब ३ महिनादेखि बन्द रहेको नेपाली शेयर बजार खुल्ने कि बन्द नै राख्ने भन्ने बिषयमा अध्ययन गर्न बिशेष समिति गठन गरिने भएको छ । आइतबार बसेको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
अब उक्त समितिले पेश गर्ने प्रतिवेदनको आधारमा नै शेयर बजार बन्द नै गर्ने कि कारोबार खुल्ला गर्ने भन्ने बिषयमा निर्णय गरिने बोर्डको भनाइ छ ।
उक्त समितिमा कमिटीमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ता लगायतका प्रतिनिधिहरु हुनेछन् ।
उक्त कमिटीमा कोे को बस्ने भनेर आज (सोमबार) निर्णय हुनेछ । त्यसपछि उनीहरुलाई आवश्यक अध्ययन गर्न दुई दिनको समय दिइने छ । जसअनुसार समितिले मंगलबार र बुधबार आवश्यक अध्ययन गरेर बोर्डमा प्रतिवेदन बुझाउने छन् । त्यसको आधारमा बोर्डले बजार खुल्ला गर्ने नि बन्द गर्ने भनेर बिहीबार निर्णय गर्नेछ । बजार खुल्ने भएको अवस्थामा आइतबार देखि खोल्न सकिने बोर्डको भनाइ छ ।
प्रतिक्रिया