काठमाडौं - नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा साउन २५ गते र २६ गते प्रस्ताव गरिएको छ । महासंघको आइतबार बसेको पदाधिकारीको बैठकले कार्यसमितिको बैठकमा यस्तो प्रस्ताव गर्ने निर्णय गरेको हो ।
साधारण सभाको मिति तोक्न सोमबार महासंघ कार्यसमितिको बैठक बस्दैछ । सो बैठकमा यस्तो प्रस्ताव गर्न लागिएको हो । योसँगै कोरोना भाइरसका कराण दुई पटक स्थगत भएको साधारण सभा अब भने हुने अपेक्षा गरिएको छ ।
गत चैत २८ र २९ गते नै महासंघको साधारण सभा गर्ने भनिएको थियो । तर, कोरोना भाइरसले उब्जाएको परिस्थीतीका कारण त्यो साधारण सभा जेठ ७ र ८ गतेका लािग सारियो । तर, त्यो मितिमा पनि साधारण सभा हुन सकेको थिएन ।
अब हुने महासंघको साधारण सभाले नयाँ कार्यसमिति पनि बनाउने छ । महासंघमा बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रावधान छ, जसअनुसारअबको अबको साधारण सभाबाट हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छ । साथै, अर्काे पटकको अध्यक्षका लागि हाल बरिष्ठमा उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिइसकेका छन् ।
प्रतिक्रिया