काठमाडौं – नेपाल बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर आइतबार नेप्सेमा सुचिकृत भएको हो ।
योसँगै अब नेपालको बैंकको उक्त बोनस शेयरको दोस्रो बजारमा पनि कारोबार गर्न सकिने छ । यद्यपि, अहिले बजार बन्द भएका कारण हालै त्यो सम्भव छैन । अब बजार खुलेपछि उक्त बोनस शेयरको पनि कारोबार गर्न सकिने छ ।
प्रतिक्रिया