रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आव २०७५\७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६\७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने लगायतका बिबिध बिषयमा छलफलका लागि साधारण सभा बोलाएको हो ।
यस्तै, कम्पनीले सर्वसाधारणका लागि शेयर ९आईपीओ० निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नैछ ।
कम्पनीको तेश्रो वार्षिक साधारण सभा असार २८ गते आइतबार काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

प्रतिक्रिया