सनराइज बैंक लिमिटेडले बुढानिलकण्ठ वेद विद्याश्रमलाई खाद्य सामग्री तथा आर्थिक सहयोग गरेको छ ।
बैंकले नियमित रुपमा गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको बैकंले जनाएको छ ।
एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा २ लाख २५ हजार रूपैयाँ बराबरको चेकका साथै पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका हुन् ।
देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा हाल ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया