बुद्धभूमी हाइड्रोपावरले बोलायो साधारण सभा

५ बर्ष अगाडि

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ 

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्नै साधारण सभा बोलाएको हो ।

जसमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ भने शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कम्पनीको साधारण सभा असार २६ गते शुक्रबार कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा दिउँसो ३ बजेबाट हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया