थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो

६ बर्ष अगाडि

नेपालमा थप ४२६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसंगै सङ्क्रमितको कुल सङ्ख्या ८,२७४ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन्।

तीमध्ये १,४०२ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सरकारले बिहीवार सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो।

६ बर्ष अगाडि

प्रतिक्रिया