चौतारी र आरम्भ लघुवित्तको असार २२ देखि एकीकृत कारोबार

५ बर्ष अगाडि

काठमाडौं – आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्था एक आपसमा मर्ज भएर आगामी असार २२ गतेदेखि एकीकृति कारोबार गर्ने भएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको नामबाट उनीहरुले एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । 
चौतारी र आरम्भ  १ बराबर १ शेयर स्वप रेसियोमा एक आपसमा मर्ज भएका छन् । त्यसपछि एकीकृत रुपमा कारोबार गर्न लागिएको हो । गत पुस ९ गते भएको दुवै लघुवित्तको बिशेष साधाण सभाले यस बिषयको प्रस्ताव पनि पारित गरिसकेको थियो । त्यसपति नेपाल राष्ट्र बैंकले गत फागुन १८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । 
तर, लकडाउनका कारण एकीकृत कारोबार गर्न सकिएको थिएन । तर, अब भने दुवै संस्थाले एकीकृति कारोबार सुरु गर्ने भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया