काठमाडौं – कोरोना भाइरसका कारण स्थगित भएको नेपाल इस्योरेन्सको ७१ औं बार्षिक साधरण सभा आज शुक्रबार हुने भएको छ । कम्पनीको कमलादी स्थित पुरोना भवनमा बिहान ११ बजेदेखि सभा शुरु हुने बताइएको छ । यस अघि चैत२१ गते कम्पनीको साधारणसभा हुने भनेको थियो, तर कोरोना नियन्त्रण गर्नका लागि लकडाउन लगाइएपछि उक्त साधारण सभा स्थिगित गरिएको थियो ।
आज हुने साधारण सभाले प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।
हाल कम्पनीको चुक्तापुँजी रू.१ अर्ब ९ करोड ५५ लाख ३६ हजार रहेको छ । बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार पुग्नेछ ।
प्रतिक्रिया