हालसम्मकै सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

६ बर्ष अगाडि

नेपालमा गएको  २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै  सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएका हुन्।

मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड(१९ पुगेको पुष्टि भएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया