नागवेली लघुवित्त प्राप्ति गर्न मिर्मिरे लघुवित्तले बोलायो बिशेष साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं – नागवेली लघुवित्तलाई प्राप्ति गर्न मिर्मिरे लघुवित्त वित्तिय संस्थाले बिशेष साधारण सभा बोलाएको छ । मिर्मिरले आगामी असार २० गते बिशेष साधारण सभा बोलाएको हो । 
असार २० गते काठमाडौंको तिनकुने स्थित सिद्धार्थ कटेजमा हुने बताइएको छ । 
कम्पनीको बुधबार बसेको बैठक सञ्चालक समितिको बैठकले उक्त दिनमा साधारण सभा गर्ने निर्णय गरेको हो । 
साधारण सभाले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेपछि दुई लघुवित्तले थप प्रक्रिया पुराएर एकीकृत कारोबार सुरु गर्नेछन् । 

सभामा प्राप्ति प्रयोजनको लागि मूल्यांकनकर्ताबाट चलअचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदनको आधारमा नागबेली लघुवित्तको समायोजित प्रतिशेयर मूल्यको आधारमा गरिएको शेयर स्वाप अनुपात स्वीकृती गर्ने प्रस्ताव रहेको बताइएको  छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया