काठमाडौं – नागबेली लघुवित्त वित्तिय संस्थाको बिशेष साधारण सभा आगामी असार २० गते हुने भएको हो । झापा बिर्तामोडको होटेल टाइमलेस मोमेन्टमा उत्त साधारण सभा हुने भएको हो ।
कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यो लघुवित्तलाई मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्दै छ । सो सम्बन्धी प्रस्तावलाई पारित गर्न बिशेष साधारण सभा गर्न लागिएको हो ।
साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका असार १० गते देखि २० गतेसम्म बन्द हुने बताइएको छ ।
प्रतिक्रिया