हिमालयन जनरल इन्स्योरेन्स साधारण सभा बोलाएको छ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँको ४ प्रतिशत ४ करोड १० लाख ८८ हजार बोनस शेयर र कर सहित ३।.७५ प्रतिशत नगद ३ करोड ८५ लाख २० हजार रुपैयाँ नगद लाभांश बितरण प्रस्ताव गर्नै साधारणा सभा बोलाएको हो ।
कम्पनीले गत आव २०७५।७६ को नाफाबाट कम्पनीले बोनस र नगद गरि ७ करोड ९६ लाख ८ हजार रुपैयाँ वितरण प्रस्ताव गर्नेछ।
साधारण सभाका लागि कम्पनीले बैशाख १२ गते बुकक्लोज गरेको थियो । सोहि अनुसार अघिल्लो कारोबार दिनसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
कम्पनीको २६ औं वार्षिक साधारण सभा असार २९ गते थापागाउँमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया