नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
आज ४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ। उनीहरु मध्ये ५३९ जना महिला र ६६३८ जना पुरुष रहेका छन्।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।
थप एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया