काठमाडौं – लकडाउनमा पनि मुलुकको मुल्यबृद्धिमा भारी सुधार आएको छ । गत चैतमा उ बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्य बृद्धि) ६.७४ प्रतिशत थियो । तर, बैशाखमा त्यो ५.८३ प्रतिशत झरेको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैशाखको मासिक प्रतिवेदनले यस्तो देखाएको हा । प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको छ ।
यसैगरि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
राष्ट्र बैंककाअनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ बैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको भनाइ छ ।
तलव तथा ज्यालादर सूचकाङ्क
यस्तै, गत बैशाखामा बैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.५० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया