काडमाडौं – गत आर्थिक बर्षभर घाटामा रहेको शोधनान्तर स्थिती चालु आवको सुरुदेखि नै नाफामा आएको छ । राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आवको १० महिनामा शोधनान्तर स्थिती रु. १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । बल्की गत चैतसम्म शोधनान्तर स्थिती रु.३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । तर, पछिल्लो एक महिनामा नै शोधनान्तर स्थिती उच्च मात्राले नाफामा गएको देखिन्छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ६८ अर्ब २० करोडले घाटामा रहेको थियो ।
राष्ट्र बैंककाअनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ
यस्तै, समीक्षा अवधिमा चालु खाता घाटा रु. १ खर्ब ०५ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२ खर्ब २१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १७ अर्ब ४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७ करोड रहेको थियो ।
प्रतिक्रिया