काठमाडौं – चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म विदेशबाट आउने विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दशौं महिनाको मासिक प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंककाअनुसार साउन देखि बैशाखसम्म रु. ६ खर्ब ८० अर्ब ८४ करोड विप्रेषण आएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंककाअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो ।
बिशेष गरि कोरोना भाइरसले बैदेशिक रोजगारमा उव्जाएको संकट तथा विश्वअर्थ तन्त्रमा नै आएको आर्थिक संकटका कारण विप्रेषण आप्रवाह घटेको हो ।
समिक्षा अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया