काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकोे आईपीओ असार १० गतेदेखि बिक्रीमा आउने भएको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै छिटोमा असार १० गतेदेखि असार १४ गते सम्म बिक्री खुल्ला गर्ने भएको हो । ढिलोमा भने असार २४ गतेसम्म बिक्री खुल्ला गरिने बताइएको छ ।
लघुवित्तले कुल ४७ लाख ५५ हजार कित्ता अर्थात् ४७ करोड ५५ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो । त्यसमध्ये ७४ हजार कित्ता कर्मचारी र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तामा आवेदन दिन सक्नेछन् । बढीमा भने २ लाख कित्तासम्मको आवेदन दिन सक्ने बताइएको ।
लघुवित्तले विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहको छ । लघुवित्तको उक्त आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले लघुवित्तको आधारभूत पक्ष औषतभन्दा तल रहेको
जनाउछ ।
प्रतिक्रिया