नेपालमा गएको २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
यो देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ।
उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन्।
तीमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जनाएका छन्।
अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ।
प्रतिक्रिया