असार १५ गतेभित्र नै बीमाशुल्क तिर्नुपर्ने, नत्र व्याज लाग्ने

५ बर्ष अगाडि

काठमाडौं –  लकडाउन अवधीमा तिर्न बाँकी रहेको जीवन बीमाशुल्क सम्बन्धीत बीमितले यही असार १५ गते भित्र तिर्नुपर्ने भएको छ । बीमा समितिले आइतबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

समितिले लकडाउनमा तिर्नुपर्ने त्यस्तो बीमाशुल्क जेठ मसान्तसम्म तिर्न सक्ने भनेर यसअघि नै व्यवस्था गरेको थियो । जुन म्याद आइतबार सकिएको र सरकारले लकडाउन पनि खकुलो बनाएपछि समितिले म्याद थप नगरि १५ दिन भित्र बीमाशुल्क उठाउने व्यवस्था गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । १५ गतेभित्र बीमाशुल्क बुझाउदा व्याज नलाग्ने बताइएको छ । त्यसपछि भने व्याज लाग्ने व्यवस्था पनि गरिएको छ ।  
यस्तै, समितिले सरकारको निर्णय बमोजिम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर दुई सिफ्टमा कार्यलयहरु सञ्चालन गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । 

यस्तै, लकडाउनमा तलव सुविधा सहित विदा बसेका कर्मचारी लिएको विदालाई सार्वजनिक विदाको रुपमा गणना गर्न समितिले निर्देशन दिएको छ । 

समितिले अर्काे परिपत्र जारी गर्दै अबका दिनमा सञ्चालनमा नआउने सवारीसाधनको विषयमा गाडी धनीले कम्पनीलाई पूर्व जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । समितिले यसअघि लकडाउनमा थन्किएर बसेका गाडीलाई बीमाशुल्कमा छुट दिने बताएको थियो । सोही सुविधा पाउन अब गाडी धनीले पहिले नै कम्पनीलाई जानकारी दिनुपर्ने हुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया