अब बैंकहरू साविककै समयअनुसार सञ्चालनमा आउने, विद्युतिय कारोबारलाई थप प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन

५ बर्ष अगाडि

काठमाडौ – नेपाल राष्ट्र बैंकले अब साविकका समयअनुसार नै बैकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले सोमबारदेखि लागू हुने गरि आइतबार नै उक्त निर्देशन दिएको हो । 
जसअनुसार अब पहिले सामान्य अवस्थामा जस्तै बैंक तथा वित्तिय सस्थाका सेवाहरु सुचारु गर्नुपर्ने हुन्छ । 
राष्ट्र बैंकले ग्राहकको भिडभाड हुने शाखाहरुमा भने सिफ्ट वाइज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिन बैंकहरुलाई निर्देशन दिएको छ । शाखामा ग्राहकको भिडभाड कम गर्ने तथा दुरी कायम हुने गरि ग्राहकलाई लामबद्ध राख्ने व्यवस्था पनि गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । 

यस्तै, बैंकहरुले कार्यालयमा अनिवार्य रुपमा स्वास्थय सुरक्षाका उपायहरु अबलम्बन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । साथै, विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन लगाएपछि बैंकहरुले सिमित शाखाहरुलाई सिमित समयसम्म मात्र खोल्दै आएका थिए । तर, सरकारले अहिले लकडाउन खुकुलो बनाएपछि अधिकांश बैंकहरुले सबै शाखा सञ्चालन गर्दै आएका छन् भने पुर्ण समयमा नै सेवा दिँदै आएका छन् । 

यस्तै राष्ट्र बैंकले आरटीजीएस प्रणालीलाई पहिलेकै समयअनुसार सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया