एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुलाई सुरक्षण पोशाक वितरण गर्ने

५ बर्ष अगाडि

काठमाडौं– एशियन पेन्ट्सले आफ्ना व्यवसायी साझेदारहरुलाई कोभिड–१९को असरबाट जोगिनका लागि सुरक्षण पोशाक वितरण गर्ने भएको छ । कोभिड–१९ को महाव्याधी परिस्थितिका कारण उत्पन्न बढ्दो स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै यस विरुद्ध लड्न र सुरक्षित हुन पोशाक वितरण गर्न लागिएको एशियन पेन्ट्सले जनाएको हो ।


वर्तमान अवस्थामा सबैभन्दा महत्व राख्ने सुरक्षा पोशाक पीपीई सबै साझेदारहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।


एशियन पेन्ट्स नेपाल नेपालका अन्तर्रष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो र यस कम्पनीका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएका पनि छन् । व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि पीपीई सामग्री उपलब्ध गराउने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया