कोरोना कहर : चार लाख ३२ हजारभन्दा बढीको मृत्यु , ५४ हजारभन्दा बढीको अवस्था गम्भीर

६ बर्ष अगाडि

महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । 

नेपाली समयानुसार आइतबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४० लाख ५  हजार भन्दा बढी   जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४० हजार २२४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार १३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ४२ हजार २२४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ५२७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

यस्तै ब्राजिलमा ४२ हजार ७९१ , फ्रान्समा २९ हजार ३९८ , स्पेनमा २७ हजार १३६ , इटलीमा ३४ हजार ३०१ र मेक्सिकोमा १६ हजार ८७२ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालमा हालसम्म ५ हजार ३३छ संक्रमित रहेका छन् । १८ जनाको मृत्यु भइसकेको छ भने ९ सय १३ जना उपचारपछि घर फर्किएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया