राजस्व उठाउन शनिबार भएपनि आज बैंकहरु खुल्ला

५ बर्ष अगाडि

शनिबार भएपनि आज बैंकहरू खुल्ला रहेन भएका छन् । 

नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार बैंकहरु शनिबार पनि खुल्ला रहने भएका हुन् । 

राष्ट्रबैंकले शुक्रबार निर्देशन दिँदै राजश्व कारोबार गर्ने सम्बन्धीत शाखाहरुलाई खुल्ला गर्न भनेको थियो । 

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि गत चैत देखि भएको लकडाउनका कारण राजस्व संकलन हुन सकेको छैन । 

त्यसैले राजश्व संकलनका लागि आज शनिबार पनि शाखा कार्यालयहरु खुल्ला गर्नुपर्ने भएको छ । 

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३२ गते भित्र सार्वजनिक विदा भएपनि राजश्व कारोबार गर्ने शाखा खुल्ला गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । 

राजश्व बुझ्ने प्रयोजनका बैंक मात्र नभएर नेपाल क्लियरिङ हाउस समेत खुल्ला गर्नुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया