गुल्मीका संक्रमितले कोरोना बीमाको पहिलो दाबी भुक्तानी, एक लाख पाए

५ बर्ष अगाडि

काठमाडौं । कोरोना बीमा अन्तर्गत पहिलोपटक दाबी भुक्तानी गरिएको छ । बीमा समितिले बैशाख ७ गते जारी गरेको बीमालेख अन्तर्गत करिब ५० दिनपछि पहिलोपटक दाबी परेको हो । 

कृषि विकास बैंक गुल्मीमा कार्यरत कर्मचारीलाई नेको इन्स्योरेन्सले त्यस्तो दाबी भुक्तानी दिएको हो । कृषि विकास बैंकले गरिदिएको सामुहिक कोरोना बीमा अन्तर्गत डाँगीको बीमा गरिएको थियो । पीसीआर परीक्षणका क्रममा उनको संक्रमण पोजेटिभ देखिएसँगै मागदाबी परेको थियो । 

नेको इन्स्योरेन्सले उक्त रकम कृषि विकास बैंकलाई बुझाएको छ । सो बैंकमार्फत् बीमितलाई त्यसको भुक्तानी गरिनेछ । 

नेको इन्स्योरेन्सले अहिले आफ्नै कोषबाट त्यस्तो रकम भुक्तानी दिएको छ । यस्तो भुक्तानीबापतको शोधभर्ना बीमा पुलसँग माग्ने कम्पनीका सूचना अधिकारी विष्णु धितालले जानकारी दिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया