३ लघुवित्तको आईपीओ आउँदै, कुन लघुवित्तको कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाली धितोपत्र बजारमा ३ ओटा लघुवित्तले ५५ लाख ४५ हजार ८०० कित्ता आईपीओ ल्याउने तयारी गरेको छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले ५५ करोड ४५ लाख रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको हुन् ।
हाल उनीहरु आईपीओ निस्काशनको पक्रियमा रहेका छन् । एनआईसी एशियाले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाइसकेको छ । अन्य दुई कम्पनीको भने बोर्डमा पेडिङ रहेको छ । 

एनआईसी एसियाले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । उक्त लघुवित्तले चैत ४ नै स्वीकृति पाएको हो । तर, लकडाउन कारण अझै त्यो निष्काशन हुन पाएको छेन । उक्त लघुवित्तले  निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रकै सबैभन्दा ठुलो  हो । 

त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्ने बताइउको छ । साथै, समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ निष्कासन गर्नको लगोको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया