काठमाडौं – बैंकहरूले भोलि शनिबार पनि शाखा कार्यालयहरु खुल्ला गर्नुपर्ने भएको छ । राजश्व कारोबार गर्ने सम्बन्धीत शाखाहरुलाई बैंकले खुल्ला गर्नुपर्ने नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३२ गते भित्र सार्वजनिक विदा भएपनि राजश्व कारोबार गर्ने शाखा खुल्ला गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । राजश्व बुझ्ने प्रयोजनका बैंक मात्र नभएर नेपाल क्लियरिङ हाउस समेत खुल्ला गर्नुपर्ने छ ।
प्रतिक्रिया