काठमाडौं – काठमाडौंको चन्द्रागिरी डाँडामा केवलकार सेवा सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १८ लाख ४० हजार ९१० कित्ता अर्थात् रू. १८ करोड ४० लाख ९१ हजार बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न लागिएको हो ।
यसका लागि कम्पनीले गत जेठ २५ गतेनै नेपाल धितोबोर्डसँग अनुमति मागेको छ । अनुमति प्राप्त भएपछि आवश्यक प्रक्रिया पुर्याएर आईपीओ जारी गरिने कम्पनी भनाइ छ ।
कम्पनीले आईपीओ विक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया