वित्तिय क्षेत्र खुल्ला, तर शेयर बजार बन्द

५ बर्ष अगाडि

काठमाडौं – सरकारले शुक्रबारदेखि नै लागू हुने गरेर लकडाउनलाई खुकुलो बनाएको छ । सरकारकाले बिभिन्न १६ क्षेत्र खुल्ला गरेको छ भने १४ क्षेत्रलाई बन्द नै गर्न निर्देशन दिएको छ ।
तर, धितोपत्र बजार अर्थात शेयर बजार (नेपाल स्टक एक्सचेन्ज) को बिषयमा सरकार मौन  देखिएको छ । 
बैंक, वित्तिय संस्था तथा बीमा सेवालाई खुल्ला गर्ने निर्णय गरेको सरकारले शेयर बजारको बिषयमा भने कुनै निर्णय गरेको छैन । त्यसको अर्थ अब पनि शेयर बजार बन्द नै हुने बताइएको छ ।
शेयर कारोबार गर्दा लगनीकर्ताको बढी भिडभाड हुने भएकाले शेयर कारोबार खुल्ने बिषयमा निर्णय नगरिएको हो । 
लगानीकर्ताहरुले यस बीचमा शेयर बजार बन्द नै गर्नुपर्ने सुझाव पनि दिएका थिए, त्योअनुसार पनि बजार बन्द नै राख्ने व्यवस्था गरिएको हो । 
यद्यपि, लकडाउनमा केही समय अघि शेयर कारोबार खुल्ला गरिएको थियो । तर, दुई दिनसम्म नकरात्मक सर्किट लागेपछि त्यो बन्द गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया