प्रिमियर इन्स्योरेन्सले आफ्नो २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आव २०७५\७६को नाफा।नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित र आव २०७६\७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने साधारण सभा बोलाएको हो ।
साधारण सभाका लागि इन्स्योरेन्स कम्पनीले असार ४ गतेदेखि शेयर दाखिला खारेजी गर्ने भएकाले यसअघि असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन ।
कम्पनीकोे २६ औं वार्षिक साधारण सभा असार १९ गते प्रिमियर भवन नक्सालमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया