काठमाडौं– सनराइज बैंक तथा नेपाल शैक्षिक परामर्श संघको संयुक्त आयोजनामा परामर्श केन्द्रका सम्पूर्ण सदस्यहरुलाई लक्षित गरी आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वव्यापी महामारी कोभिड १९ का बाबजुद अनलाइन वेभनार मार्फत भएको छ ।
कार्यक्रममा लेखा ज्ञान तथा नेपाल सरकारले आ।ब। २०७७र७८ को लागि बजेटमार्फत परिवर्तन गरिएका विभिन्न करका दरहरु, कर विवरण र कर दाखिला समयसिमाका बारेमा चार्टड एकाउन्टेण्ट तथा कर विज्ञ अरुण राउतले अनलाइन वेभनार मार्फत प्रदान गरे ।
शैक्षिक परामर्श व्यवसाय जस्तो सेवा प्रदान गर्ने व्यावसायले भोगेका लेखा तथा कर सम्बन्धी विभिन्न समस्याहरुको निदानको बारेमा राउतले प्रकाश पारेका थिए ।
कार्यक्रमलाई परामर्श केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायत वरिष्ठ पदाधिकारीहरुद्वारा वेभनारमार्फत जोडिनु भएका धेरै सदस्यहरुले उठाएका लेखा तथा कर सम्बन्धी जिज्ञासाहरुको व्यवहारिक समाधानको बारेमा प्रकाश पारिएको थियो । साथै यस सम्बन्धि कार्यक्रमको भिडियो रेकर्ड युट्युव च्यानलमा राखि सबै सदस्य तथा सरोकारवालाहरुकोलाई लाभान्वीत बनाइने बैंकले जनाएको छ ।
सनराइज बैंकले विगतमा पनि देशका बिभिन्न ठाउँमा गएर आधारभुत लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम दिंदै आएकोमा यसपालि भने डिजिटल माध्यम बाट उक्त कार्यक्रम संचालन गरिएको हो ।
प्रतिक्रिया