पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज बिहीबार पनि छापावाला सुनको मूल्यले ८९ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।
बुधवार प्रतितोला ८८ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आज बिहीबार एकैदिन १ हजारले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
भने चाँदी बुधवारको तुलनामा १५ रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया