नेप्सेमा सुचीकृत भयो पुनर्बीमा कम्पनीको आईपीओ, अब कारोबार गर्न मिल्ने

५ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । बुधबार उक्त कम्पनीको आईपीओ नेप्सेमा सुचिकृत भएको हो । 
उक्त कम्पनीको १० अर्ब बराबरको १० करोड कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । अब बजार खुलेपछि उक्त शेयरको पनि पनि दोस्रो बजारमा कारोबार गर्न सकिने छ । 
नेप्सेमा सुचीकृत भएको भोलिपल्ट देखिनै दोस्रो बजारमा कारोबार गर्न सकिन्छ । तर, लकडाउन कारण अहिले बजार बन्द भएकाले त्यो सम्भव छैन । 
कारोबार गर्नका लागि शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गराई सकिएको छ । 

नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारका लागि रू. १४१ दशमलव ४५ देखि रू. ४२४ दशमलव ३५ सम्मको मूल्यरेञ्ज तोकेको छ । अब सोही आधारमा नै कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

कम्पनीले गत चैतमा १ करोड ६० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसको बाँडफाँड भएपछि कम्पनीको शेयर सुचीकृत भएको हो । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्तापुँजी १० अर्ब पुगेको छ । यस्तै, कम्पनीले आगामी आवमा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पु¥याउने प्रक्षेपण पनि गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया