अबदेखि ग्लोबल आईएमई बैंकको सबै शाखा खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – लकडाउनमा  पनि ग्लोबल आईएमई बैंकले सबै शाखा खुल्ला गर्ने भएको छ । बैंकको यो निर्णय गत आइतबारदेखि नै लागू भएको छ । 
शनिबार र सार्वजनिक विदाको दिन बाहेक अन्य सबै दिन सबै शाखा खुल्लाहरु १०ः३० देखि २ः३० सम्म खुल्ला हुने बैंकको भनाइ छ । साथै, शुक्रबार भने १ः३० सम्म शाखा खुल्ला हुनेछ । 
यद्यपि, स्थानीय तहले निर्देशित गरेको अवस्थामा सम्बन्धीत शाखा कार्यालय बन्द हुन सक्ने बताइएको छ । 
बैंकले यस अघि हरेक बार फरक फरक र सिमित शाखा खुल्ला गर्दै आएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया