नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा जित्यो दुई अर्बको मुद्दा

५ बर्ष अगाडि

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ ।

इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । बैंकले इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ई केमेन्टिस्टी ९सिएमसी०को पर्फमेन्स ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।


तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी ९सीएमसी०ले ग्यारेन्टी दिएको तर कम्पनीले भने अनुसार काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी ९क्लेम० गरेको थियो र सोही बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरेको थियो ।


तर सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराएको र पुनः एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो ।


तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरेको हो । सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई पनि मुद्दा हालेको थियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन ।

इन्भेष्टमेन्ट बैंकले मुद्दा जितेपछि अब बैंकले काउण्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो ९एक अर्ब १५ करोड रुपैयाँ० गरी करिब दुई अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया