निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

७ बर्ष अगाडि

काठमाडौं–  कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । 
नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । 
 राजधानीको विश्वभाषा क्याम्पसबाट निकालिएको विरोध जुलुस पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
कोणसभामा बोल्दै अध्यक्ष महर र उपाध्यक्ष कृष्णकुमारी बस्नेतले पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । 
सो क्रममा नेविसंघका कार्यकर्ताले सरकारको चर्को आलोचना समेत गरेका थिए । चुनावघि नेकपाले मह र मौरीको कुरा गरेको तर चुनावपछि मौन बसेको भन्दै चर्को आलोचना समेत गरेका थिए । यस्तै प्रधानमन्त्रीको शनिबारको अभिव्यक्तिलाई संकेत गर्दै अरिंगाले सरकार भन्दै कटाक्ष समेत गरेका थिए ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया