दशैंका लागि दुई हजार खसी बोका बिक्री गर्ने खाद्य संस्थानको तयारी

७ बर्ष अगाडि


नेपाल खाद्य संस्थानले दशैंको अवसरमा १ हजार खसी बोका तथा १ हजार च्याङ्ग्रा सुपथ मुल्यमा बिक्री गर्ने भएको छ।

मुस्ताङबाट १ हजार च्याङ्ग्रा खरिदको प्रक्रिया संस्थानले अघि बढाइसकको छ। त्यस्तै गरी १ हजार खसी बोका दाङ र मकवानपुरबाट ल्याउन लागिएको संस्थानले जनाएको छ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले भने घटस्थापनाको दिन देखि थापाथलीस्थित खाद्य संस्थानको भवनबाट बिक्री सुरु गरिने बताए। प्रचलित मूल्यमा केही कम गरेर खसी बोका बिक्री गरिने समेत उनले जानकारी गराए। अहिले नै मूल्य भने नतोकिएको उनको भनाई छ। लागत मूल्य हेरेर प्रति किलोको हिसावले मूल्य निर्धारण गरिने संस्थानले जनाएको छ। 

संस्थानले खसी बोका र च्याङग्रा खरिद गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति निर्माण गरेको थियो। सोही अनुसार खरिद प्रक्रिया अघि बढाएको संस्थानको भनाई छ।

यस्तै, संस्थानले सुपथ मूल्यको पसल असोज १२ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ। राजधानीका विभिन्न स्थानमा स्टलहरु राखेर खाद्य संस्थानले चामल, फापर, जुम्लाको सिमि बिक्री वितरण गर्ने भएको हो।

७ बर्ष अगाडि

प्रतिक्रिया