काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । राष्ट्र बैंकले हालै एक सुचना जारी गर्दै इमेल मार्फत आफ्ना सुझाव पेश गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको हो ।
राष्ट्र बैंकले हरेक बर्ष मौद्रिक नीति ल्याउँदै आएको छ । बिशेषगरि बैंकिङ क्षेत्र, मुद्रा बजार लगायतका बिषयलाई यसले सम्बोधन गर्ने गरेको हुन्छ।
कोरोना भाइरसका कारण अहिले नेपाली अर्थतन्त्र प्रभावित भएको छ । बैंकिङ, आद्योगिक क्षेत्र पनि धरासयी बनेको छ । तर, सरकारले आगामी आवको बजेट मार्फत प्रभावित क्षेत्रहरुलाई पुर्नउत्थान गर्न निजी क्षेत्रले चाहेअनुसारको व्यवस्था नगरेको पनि बताइन्छ । यसरले बजेट प्रति चित्त नबुझाएका व्यवसायी लगायतका सम्बन्धी क्षेत्रका व्यत्तिहरुले आगामी मौद्रिक नीतिलाई आशाको केन्द्र विन्दुकोरुपमा हेरेका छन् ।
यी यस्ता कारणले आगामी मौद्रिक नीतिलाई महत्त्वपूर्णका साथ हेरिएको छ । अब राष्ट्र बैंकले सरोकारवालाहरुबाट राय सुझाव लिएर मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया