प्रदेश २ को विभिन्न ६ वटा जिल्लामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १३२३ भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सर्लाही जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीमा मात्र पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रौतहट ११ जना, महोत्तरीमा १२ जना, पर्सामा ८ जना र बारामा ७ जनामा ,सप्तरीमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ
प्रतिक्रिया