संविधान संशोधन गर्न सकिन्छ : नेता नेपाल

७ बर्ष अगाडि

नेपालगन्ज - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश र जनताको हित हुन्छ भने कुनै पनि बेला संविधान संशोधन गर्न सकिने बताएका छन्  । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर बाँकेले आज  आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले  संविधान मुलुक र जनहितका लागि प्रयोग गर्ने कानूनी दस्तावेज भएकाले समयसापेक्ष यसको सुधार हुनुलाई अन्यथा लिनु हुँदैन भने । 

पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा अझै  सामन्तवाद कायम रहेकाले यसको उन्मूलन गरेर मात्र विकास र समृद्धिको बाटो तय गर्न सकिन्छ भने  । 

एमाले र माओवादी केन्द्रबीच भएको एकताको सम्पूर्ण अभ्यासलाई टुंगोमा पु¥याउनु अघि संगठनभित्रका विकृति, विसंगतिलाई मिल्काइने छ भने  । 

७ बर्ष अगाडि

प्रतिक्रिया