काठमाडौं – मुलुकमा लकडाउन जारी भएपनि मेगा बैंकले सोमबारदेखि आफ्नो सबै शाखा खुल्ला गरेको छ । बैंकले विदाको दिन बाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ कारोबार खुल्ने भएको हो ।
लकडाउनलाई दृष्टिगत गर्दै बैंकले गत चैत ११ गतेदेदि हरेक बार फरक फरक र सिमित शाखा खुल्ला गर्दै आएको थियो । तर, अब सबै शाखा खुल्ला गरिने बैंकको भनाइ छ ।

प्रतिक्रिया