नेपालमा आज  थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

६ बर्ष अगाडि

बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।  जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । 

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना जितेको निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया