जनकपुर – साहुलाई दुई सय रुपैयाँ ऋण बुझाउन नसक्दा धनुषाका एक दलित एक वर्षका लागि जेल चलान भएका छन् । जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे) ले आइतबार जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई जेल चलान गरिदिन आग्रह गरेका हुन् ।
‘सुरुमा अदालतका कर्मचारीले पक्राउ पुर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र देखाएपछि बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे,’ खंगसँगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले बताए ।
प्रतिक्रिया