काठमाडौं – प्रभु बैंकले सम्पुर्ण ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकको बैंकिङ सफ्टवेयर प्रतिस्थापन (कोर बैंकिङ सिस्टम माइग्रेशन) कार्य सम्पन्न भएका कारण ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको हो ।
बैंकले परिवर्तिन नयाँ खाता नम्बर लिन आग्रह गरेको पनि गरेको छ । त्यो सुविधा कुनै पनि शाखा कार्यालयबाट लिन सकिने बैंकको भनाइ छ । बैंककाअनुसार मोवाइल बैंकिङ सेवा लिनु भएका ग्राहकहरुलाई नयाँ खाता नम्बर एसएमएस मार्फत उपलब्ध गराईने छ । अन्य ग्राहकहरुले अनुकुल भएका जुन सुकै शाखाबाट पनि खाता नम्बर लिन सक्न्ने छन् ।
खाता नम्बर लिन अनुकुल नभएमा तत्कालका लागि पुरानै खाताबाट समेत कारोबार गर्न सकिने बैंकले बताएको छ । साथै, पुरानो चेकले पनि काम गर्ने बताइएको छ ।


प्रतिक्रिया