काठमाडौं – सरकारले आगामी आवमा बीमाको पहुँच ४० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ । हाल २२ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ । आमगी आवमा ४० प्रतिशत नागरिकमा बीमा पहुँच पुर्याउने सरकारको लक्ष्य छ ।
सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । आम नागरिकमा पहुँच पुग्ने गरी बीमाको दायरा बिस्तार गर्ने सरकारको योजना पूरा हुनेमा आशंका रहेको भनाइ छ । साथै, घुम्ती बीमा कार्यक्रम सञ्चालन गरी कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहुँच अभिवृद्धि गरिने पनि उनले बताए ।
सरकारले स्वास्थ्य क्षेत्रमा केन्द्रीत गरेको वजेटले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने घोषणा गरेको छ । यसैगरी, सरकारले सबै राष्ट्र सेवक कर्मचारीको निशुल्क रू. १ लाख सम्मको कोरोना बीमा गर्ने उल्लेख गरेको छ । डा. खतीवडाकाअनुसार करारमा रहेको कर्मचारीको हकमा समेत यस्तो बीमा गरीने छ ।
प्रतिक्रिया